arrow

विधायन व्यवस्थापन र आश्वासन समितिको बैठक बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं ।  आज दुई संसदीय समितिको बैठक बस्दै छ ।  आज विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो । 

विधायन व्यवस्थापन समितिको बैठक सिंहदरबारमा  १:०० बजे बस्नेछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल हुनेछ । 

त्यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक सिंहदरबारमा ११:३० बजे बजे बस्नेछ । बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको स्थलगत अनुगमन निरीक्षणबाट देखिएका विषयहरूको सम्बन्धमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री र सचिवसँग छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ