arrow

'उच्च तहका सबै नेताको सम्पत्ति छानबिन गरियोस्'

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
dhanraj-party.JPG

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उच्च तहका सबै नेताको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । 

 केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति गुरुङले कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा लेखेबमोजिम उच्च तहका सबै नेताको सम्पत्तिको छानबिन गर्नुपर्ने बताएका हुन् । 

“पार्टीले सरकारलाई भन्न सक्नुपर्छ, उच्च तहका सबै नेताको सम्पत्ति छानबिन गरोस् । आज जनताले यो बैठकबाट सम्पत्ति छानबिनसँगै ठूला ठूला भ्रष्टाचारको निष्पक्ष छानबिन होस् भन्ने प्रस्ताव सुन्न चाहन्छन ।”

उनले कांग्रेस बदल्न पार्टीका नेताहरूको कर्म र व्यवहार बदल्नुपर्ने बताए । उनले भने, “कर्म र व्यवहार कहिल्यै नबदल्ने अनि कांग्रेस बदलिनुपर्छ भनेर मात्र हुँदैन ।” 

उपसभापति गुरुङले पार्टीको विभाग, भ्रातृसंस्था र शुभेच्छुक संस्थाको सङ्ख्याले मात्र नभएर मुद्दाले पार्टी ठूलो बन्ने बताए । उनले पार्टीका मुद्दा बलियो बनाउनतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । “विसं २०१५ मा यी संस्था कम हुँदा पनि दुई तिहाइ मत प्राप्त गरेको हो कि हैन ? पार्टीको नारा र एजेण्डाका कारण त्यो मत प्राप्त गरेको थियो”, उनले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ