arrow

कोशी प्रदेश सरकार गठन विवाद 

आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
supreme-court-सर्वोच्च अदालत.jpg

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । 

कोशी प्रदेशमा उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेश सभाका सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई मान्यता दिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

सोही  प्रक्रियाविरुद्ध परेको मुद्दा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो । 

सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले त्यो प्रक्रियाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । 

निष्पक्ष बस्नुपर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको एमालेको आरोप छ । 

 सोमवार न्यायाधीशहरू सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा जटिल कानूनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरूपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।  

यसअघि न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई यो मुद्दा किनारा नलागुन्जेल दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ