arrow

नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा काठमाडौमा जारी

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
FNcci1-special-conventation.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा काठमाडौंमा चल्दैछ । विधान संशोधनको एकमात्र एजेण्डा बोकेर भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित उक्त सभामा प्रतिनिधिहरूलाई मात्रै निकै कडाईका साथ प्रवेश दिईएको छ भने गैरप्रतिनिधिहरूलाई बाहिरबाट नै प्रवेश निषेध गरिएको छ । 
 
महासंघले प्रदान गरेको प्रवेश पत्रबोकेका बाहेक अरूलाई प्रवेश नदिईएको उक्त सम्मेलनमा पत्रकारहरूलाई भने मूल गेटबाट नै प्रवेश नदिन निर्देशन प्राप्त भएको त्यहाँ रहेका सुरक्षाकर्मीहरूले जानकारी दिए । 
 
उता, साधारणसभामा भने विधानको विषयमा छलफल सुरू भएको छ । विधानसमितिले विधान प्रस्तुत गरेपछि उपस्थितहरूले उक्त विधानमाथि टिप्पणी गर्ने काम सुरू हुन लागेको उपस्थित एक प्रतिनिधिले जानकारी दिए । 
 
लामो समयदेखि विधान संशोधनको लागि प्रयासरत रहेको महासंघले यो पटक महासंघको विधान संशोधन गराउनको लागि विशेष साधारण सभा डाकेको थियो । तर उक्त सभा रोक्न माग गर्दै रिट दायर भएपछि अन्योलमा परेको साधारणसभा बुधबार उच्च अदालत पाठनले सफाई दिएसँगै अन्यौलता हटेर सुचारु भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ