arrow

नेपाल उद्योग वाणिज्य महासंघको विधान पारित हुने निश्चित्, चैतबाट भवानी अध्यक्ष

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
FNcci1-special-conventation.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारण सभाले महासंघको छैटौं संशोधन सहितको प्रस्तावित विधान पारित गर्ने करिब पक्कापक्की भएको छ । वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने विषयमा महासंघभित्र चर्काे बहस हुने आकलन गरिएको भएपनि त्यतिधेरै बहस विना नै महासंघको विधान पारित हुन लागेको विभिन्न जिल्लाबाट आएका जिल्ला प्रतिनिधिहरूले जानकारी दिएका छन् ।
 
यसरी विधान पारित भएसँगै महासंघको आगामी अध्इक्षको रूपमा अहिलेकी वरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्ष बन्ने पक्कापक्की भएको छ । अहिले आर्मी अफिसर्स क्लबमा जारी विशेष साधारणसभाले अघिकांश प्रतिनिधिहरूले आफ्नो धारणा राखिसक्दा यसको विपक्षमा भन्दा पक्षमा धेरै मत देखिएको जिल्ला तथा जगर उद्योग वाणिज्य संघका अधिकारीहरूले बताएका छन् । 
 
मेची चेम्बर अफ कमर्सका अध्यक्ष पङ्कज नेम्वाङले सामान्य संशोधन सहित विधान संशोधन हुने लगभग पक्का भएको प्रतिक्रिया दिए । उनले धेरै प्रतिनिधिहरूले यसमा सहमति जनाएकोले यो विधान पारित हुने लगभग पक्कापक्की नै रहेको स्पष्ट पनि पारे । 
 
त्यस्तै, मुगु चेम्बरका अध्यक्ष कमल बहादुर बुढाले पनि विधान संशोधनको प्रस्ताव लगभग पारित भईसकेको भन्दा पनि हुने जानकारी दिए । ‘अब एकाध बाहेक धेरैले बोलिसकेको अवस्थामा विरोध गर्नेको संख्या अत्यन्तै न्यून रहेकोले यो विधान पारित भएको घोषणा गर्नमात्रै बाँकी रहेको छ’ उनले भने । 
 
यो विधान पारित भएसँगै अबको साधारणसभामा वरिष्ठ उपाध्यक्षको लागि भीडन्त हुनेछ भने अध्यक्षमा कुनैपनि प्रतिस्पर्धा हुने छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ