arrow

कांग्रेसले पनि माग्यो अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
dr-sunil-sharma-2080-04-10.jpg

काठमाडौँ । प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन् । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेकत पदम गिरीले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेर आफ्नो सम्बोधन टुंग्याएपछि सत्तारुढ दल कांग्रेसका सांसद डा. सुनील शर्माले पनि नैतिकताको आधारमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । 

यसअघि नैतिकताका आधारमा मन्त्रीबाट राजीनामा दिएका घटनालाई स्मरण गराउँदै सांसद शर्माले गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले राजीनामा दिएर सुन तस्करीको छानबिनामा सहयोग गर्नुपर्ने बताएका हुन् । 

 



नयाँ