arrow

करोडौँ झ्वाम्म पार्ने सोमराजकी श्रीमतीलाई पनि प्रहरीले समात्यो

पीडितले गाडे सोमराजको जग्गामा झण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ११ बिहिबार
thag-goldsmith-jhapa.jpg

झापा । गौरादहबासीको करोडौँ झ्वाम्म पारेका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्माकी श्रीमतीलाई पनि प्रहरीले पक्राउ गरेको छ । सोमराजकी श्रीमती शुभद्रा विश्वकर्माको नाममा पनि रकम हिनामिनाको उजुरी पीडितले दिएपछि उनी पक्राउ परेकी हुन् । 

No description available.

बुधबार ६८ जना पीडितहरूले हिनामिना गरिदिएको ब्यहोरासहित संयुक्त उजुरी दिए पश्चात् सोमराजकी श्रीमतीको नाममा पक्राउ पुर्जी जारी गरि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता खगेन्द्र प्रसाद रिजालले बताए । 

No description available.

 पछिल्लो समयमा पीडितहरूले समूह नै खडा गरि चरणबद्ध सङ्घर्षका कार्यक्रमहरु गर्दै आएका थिए । सोमराज पीडित समूहले बुधबार गौरादह ३ को अतिथि सदनमा आम भेलामा सरोकारवाला तथा दलगत प्रतिनिधिहरूले आआफ्नो धारणा राखेका थिए । आम भेला पछि समूहले गौरादह १ र २ वडामा सोमराजको नाममा भएको जग्गामा झण्डा गाडेका छन् । 

यसअघि पक्राउ परेका सुनचाँदी व्यवसायी सोमराजलाई जिल्ला प्रहरी कार्यालय झापामा अनुसन्धा गरि ईलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । उनलाई गत हप्ता प्रहरीले पूर्वी नाका काँकडभिट्टाबाट नियन्त्रणमा लिइएको थियो । 

No description available.

व्यवसायी विश्वकर्माले स्थानीयहरूको करिब ३० करोड जति रकम हिनामिना गरेको अनुमान छ । विश्वकर्मामाथि गौरादहका पाँच सय ८ जनाको करोडौँ रकम हिनामिना गरेर आरोप छ । प्रहरीले जफत गरेको सोमराजको डायरीमा भने ४ सय ९३ जनाको हिसाब देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ