arrow

हिंसा पीडितलाई परामर्शसहित निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ११ बिहिबार
Gorkha hospital.jpg
तस्वीर-फाइल

गोरखा । गोरखा जिल्लाभित्र विभिन्न प्रकारका हिंसामा परेका महिलाको उद्धार गरी मनोसामाजिक परामर्शसहित निःशुल्क उपचार सेवा प्रदान गरिएको छ ।

गोरखा अस्पतालमा आइपुगेका हिंसा पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत अस्पतालले आवश्यक निःशुल्क उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा हरिकुमार श्रेष्ठले हिंसापीडित व्यक्तिलाई मनोसामाजिक परामर्शसहित स्वास्थ्य सेवा प्रदान भइरहेको बताए ।

उनले भने, “गत एकवर्षमा अस्पतालले ३६ हिंसापीडित महिलालाई एकद्वार गरी उपचार सेवा प्रदान गरिएको छ ।”

केन्द्रमार्फत पीडितहरुको वास्तविक समस्या बुझेर पीडितको जीवनको सुरक्षा प्रत्याभूत गराएर मात्र घर फर्काउने गरिएको उनले बताए ।

“स्वास्थ्य अवस्था ठिक भएका हिंसापीडितलाई उपचारपछि घर पठाउने गरिएको छ, मेडिकल सुपरिटेण्डेन्ट श्रेष्ठले भन, “चाहे घरेलु हिंसा होस् चाहे लैंगिक वा यौन हिंसा होस् परेका हुन् सबै हिंसापीडितलाई आवश्यक उपचार र परामर्स सेवा प्रदान गरिँदै आएको छ ।”

उपचारपछि पनि स्वास्थ्य अवस्था ठिक नभएका हिसांपीडितहरुलाई स्वास्थ्य अवस्था ठीक नभएसम्मका लागि सामाजिक विकास कार्यालय गोरखाको सहयोगमा खाने वस्ने सुविधासहित ‘सेफ हाउस’मा राख्ने गरिएकोसमेत उनले जानकारी दिए ।

गोरखा अस्पताल र जिल्ला प्रहरी कार्यालय गोरखाको सिफारिसमा हिसांपीडित व्यक्तिलाई खाना बस्नको लागि सामाजिक विकास कार्यालय गोरखाले जिम्मा लिने गरेको छ ।

अहिलेसम्मको तथ्याङक अनुुसार हिसांपीडित मध्येपनि धेरै यौन हिंसामा परेका पीडितले अस्पतालबाट मनोसामाजिक परामर्श सेवा लिएको पाइएको अस्पतालले जनाएको छ ।

“समाजका अगाडि पीडितहरुले सबै कुरा खोल्न गाह्रो मानिरहेका हुन्छन्”, मेडिकल सुपरिटेण्डेन्ट श्रेष्ठले भने, “वास्तविक समस्या बुझेर उनीहरुका पीडा कम गर्ने र जीवनजिउने आत्माविश्वास बढाउँदै अस्पतालले उपचारको जिम्मा लिएर निःशुल्क उपचारसँगै परामर्शको जिम्मा लिने गरेको छ ।”

हिंसामा परेका पीडितले निःशुल्क उपचार र मनोसामाजिक परामर्शले बाँच्ने हिम्मत बढाएको बताइन्छ । अस्पतालमा पुगेर उपचार गराएपछि आत्माविश्वास बढेको उनीहरुको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ