arrow

गणपूरक संख्या नपुगेपछि बस्न सकेन लेखा समितिको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार
sarbajanik-lekha-samiti.JPG
तस्बिर फाइल

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न नसकेको हो । 

२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो । 

बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक बैठक कक्षमा बोलाइएको थियो । तर सांसदहरू उपस्थित हुन नसक्दा बैठक बस्दै नबसी स्थगित भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ