arrow

पाँच संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । 

आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै छ । 

अर्थ समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दै छ । 

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे र सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्दै छ । 

अर्थ समितिमा मिति २०८० असार २१ गतेको बैठकको निर्णयअनुसार समितिमा प्राप्त विवरणमाथि कृषि तथा पशुपन्छी विकास मन्त्री, अर्थ मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र लगानी बोर्डसँग विस्तृत छलफलको निरन्तरता दिनेछ ।

जसमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय सुरक्षाको अवधारणा, सिद्धान्त, अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको तुलनात्मक अध्ययन, प्रमुख सवाल, समस्या तथा सुधारका उपाय लगायतका विषय र परराष्ट्र सम्बन्धको अवधारणा, सिद्धान्त, अवस्था, प्रमुख सवाल, समस्या तथा सुधारका उपाय लगायतका विषयमा छलफल हुने भने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समाज कल्याण परिषद्को प्रस्तुति र छलफल सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ भने सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिले पेश गरेको समितिको आन्तरिक कार्यविधिका बारेमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ