arrow

गृहमा कांग्रेसबाट समीम र श्रममा जनमतकी सिंह बने मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार

मधेस ।  मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

उनले गृह तथा सञ्चारमन्त्रीमा नेपाली कांग्रेसका सप्तरीका मोहम्मद समीम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंहलाई आज नियुक्त गरेका छन् । 

मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नवनियुक्त दुवै मन्त्रीलाई शपथ गराए ।

मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) बाट बिना विभागीय मन्त्री रहेकी सुरिता साहलाई मुख्यमन्त्री कार्यालयमा राखिने जानकारी दिए ।

 स्वतन्त्र चुनाव जितेर जसपा प्रवेश गरेकी साह कांग्रेस सरकारमा सहभागी हुँदा बिना विभागीय बनाएकी थिइन् ।

यसअघि आजै जनमत पार्टीका बिना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिएका थिए । 

मुख्यमन्त्री यादवले आठ महिनाको अवधिमा छैटौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ