arrow

प्रतिपक्षले चल्न दिए संसद दिउँसो बस्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
Parliament_building-1619601493.png

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ । 

बैठक बस्ने नै टुङ्गो भने लागेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवैध सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन नगरेसम्म संसद चल्न नदिने अडान राखेसँगै बैठक बस्न सकेको छैन । 

तर साउन १० गतेको बैठकमै एमालेले समिति गठन नगरेसम्म संसद चल्न नदिने भनेको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले पाँचपछि बैठक डाकेका थिए । तर हिजोको बैठक बस्दै नबसी स्थगित भयो । 

सरकारले अहिलेसम्म उच्चस्तरीय समिति गठन गरेको छैन । सोही कारण आज पनि बैठक बस्ने सम्भावना कम छ । एमालेको यो अभियानमा राप्रपा र रास्वपाले पनि साथ दिएका छन् । 

यता, संसद बैठक बस्यो भने संघीय संसद सचिवालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । 

यसैगरी हिजो नै तय भएको कार्यसूची अनुसार राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने छ ।

साथै बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धी प्रस्ताव पेश गर्ने तथा राष्ट्रिय सभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्ने कार्यसूचीलाई यथावत राखिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ