arrow

उपभोक्ता हित, विधायन व्यवस्थापन र सुनुवाइ समितिको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । 

तीनै समितिको बैठक ११ बजेबाट शुरु भएको छ ।  उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भए गरेका काम कारबाहीका सम्बन्धमा मन्त्रीबाट जानकारी लिने छ । 

पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठकमा २०८०-०४-०७ गते काठमाडौंको रानीबारीस्थित सामाखुसी खोलामा बाढी आइ भएको दुर्घटनाका बारेमा छलफल गर्ने छ । 

त्यस्तै संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतउपर प्राप्त उजुरी खोली वितरण गर्ने, प्रस्तावित राजदूतहरूको सुनुवाइ सम्बन्धी कार्यतालिका अवधि छलफल तथा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ