arrow

संसद चल्ने, एमालेले समिति बनाउन प्रस्ताव गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
Parliament_building-1619601493.png

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक चल्ने भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरु बैठक चलाउन सहमत भएका हुन् । 

नेकपा एमालेले गत साउन १० गतेदेखि अवरुद्ध गरेको संसद अझै चल्न सकेको छैन । साउन ३ गते अवैध सय किलो सुन बरामद भएपछि अनुसन्धानका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै एमालेले संसद अवरुद्धगर्दै आएको छ । 

आजको बैठक बस्न दिने र समिति बनाउन एमालेले प्रस्ताव गर्ने सहमति भएको नेताहरुले बताएका छन् । 

एमाले सचेतक महेश बर्तौलाले बैठक चल्न दिने र आफ्ना माग राख्ने तर त्यसमा सरकार तयार नभए संसद पुनः अवरोध गर्ने मिडियालाई बताएका छन् । 

दिउँसो १ बजे बस्ने भनिएको बैठक १ः५० सम्म शुरु भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ