arrow

कांग्रेसका उद्धव थापा कोशीका मुख्यमन्त्री नियुक्त

logo
विवेक मिश्र, 
प्रकाशित २०८० साउन १६ मंगलबार
uddav-thapa-congress-provin.jpg
तस्बिर – फाइल ।

मोरङ । सरकार गठन गरेको २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । 

यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दावी पेश गरेकोमा अहिले गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेकोले गठबन्धनसँग बहुमत अर्थात ४७ सांसद छन् । 

गठबन्धनको सरकार बनाउन सभामुख गौतमले आज नै पदबाट राजीनमा दिएका थिए ।

यसअघि सभामुखले हस्ताक्षर गरेको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्तिलाई बदर गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ