arrow

माछा मार्न गएका साथीको हत्या अभियोगमा पाँचजना कारागार चलान

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
jail.jpg

भोजपुर ।  भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ । 

भोजपुर नगरपालिका-११ का २२ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका २३ वर्षीय उमेश कार्की, सोही ठाउँका १६ वर्षीय बालक, वडा नं १२ का २९ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका ३२ वर्षीय मणि प्रधान र मोरङको सुन्दर हरैचा नगरपालिका-८ का २२ वर्षीय रोजिश कार्कीलाई कारागार पठाइएको हो । 

उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुर तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले जानकारी दिए । जिल्ला अदालतको मङ्गलबार थुनछेक आदेशअनुसार पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि जिल्ला कारागार तथा १६ वर्षीय बालकलाई बालगृह पठाइएको उनले बताए । 

विसं २०८० असार २२ गते भोजपुर-१२ पैयापानीका १९ वर्षीय दिप्सन प्रधानसहित सातजना वडा नं ११ र १२ को सिमानामा रहेको अखुवा खोलामा माछा मार्न गएका थिए ।  छजना साथी घर फर्किए पनि प्रधान नआएपछि खोजी गर्दा उनी भोजपुर-१२ अखुवा खोलाको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेका थिए । प्रधकानका बुबा देवीप्रसादको जाहेरीका आधारमा प्रहरीले अभियोग लागेकामाथि अनुसन्धान थालेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ