arrow

राजदूतहरुलाई खटिएको देशलाई विश्रामस्थल नबनाउन सचेत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
rajdoot-sunuwai-2080-04-17.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संसदीय सुनुवाई समितिले दुई देशका राजदूतमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई गरेको छ । 

समितिको बिहीबार बसेको बैठकले युनाइटेड अरब इमिरेट्स (यूएई) का लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको सुनुवाइ गरेको हो । 

प्रस्तावित राजदूतहरुले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताए । बैठकमा बोल्दै यूएईका लागि प्रस्तावित नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आफ्नो लागि यो एउटा अवसर भएकाले त्यहाँ रहेका नेपालीहरुको सहयोग गर्ने प्रतिवद्धता जनाए । 

उनले देशको हितका लागि आवश्यक कामहरुलाई त्यहाँको सरकारस्ँग समन्वय र सल्लाह गरेर अघि बढाउने, दुई पक्षीय सम्बन्ध सुधार र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

बैठकमा कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालले आफू संसदीय समितिबाट अनुमोदित भएपछि कुवेतमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमानलाई ध्यान राखेर काम गर्ने बताए । 

उनले त्यहाँ रहेका नेपाली नागरिकको हक, हितका विषयमा केन्द्रित भइ काम गर्ने बताए । 

समितिको बैठकमा सांसदहरुले राजदूतहरुले नियुक्त भएको देशमा पुगेपछि विश्रामस्थलको रुपमा लिने गरेको भन्दै आगामी दिनमा त्यसो नगर्न सचेत गराए । 

राजदूत नियुक्त भइसकेपछि सम्बन्धित देशमा रहेका नेपाली नागरिकहरुको हक हित सुनिश्चित गर्न जोड दिन आग्रह गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ