arrow

सरकारविरुद्ध ‘फ्रि स्टुडेन्ट मुभमेन्ट’ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
free-student-movement-2080-04-19.jpg

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन थापाथली क्याम्पसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । क्याम्पसले गैरजिम्मेवार सरकार भन्दै सरकारविरुद्ध वृहत् भेला र सांकेतिक प्रदर्शन ‘फ्रि स्टुडेन्ट मुभमेन्ट’ प्रदर्शन गरेको हो ।

उनीहरुले थापाथली क्याम्पसमा इन्जिनियरिङ पढाइको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेका हुन् ।

शुक्रबार स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ पढाइको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेको हो । 

विद्यार्थीहरुले इन्जिनियरिङ पढाइको शुल्क सरकारले १४० प्रतिशतसम्म बढाउन लागेको बताए । उनीहरूले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले ३ लाख ३० हजार रूपैयाँबाट बढाएर ७ लाख ७७ हजार बनाउन नहुने भन्दै त्यसको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । 

त्यस्तै थापाथली क्याम्पस सानो क्षेत्रमा सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग राखेका छन् । 

उनीहरुले शिक्षामै राजनीति, देशको बेइज्जती, टीयू युनिभर्सिटी रोज्ने कि टीयू एयरपोर्ट, सरकारले झुटो आश, ठूलो निराश देखायो, सरकार तिमी पनि मौन बसे, म पनि मौन बसिदिन्छु तर तिमी दरबारमा बस, म सडकमा, एक सय ४० प्रतिशत फि बढ्ने, गरिवले पढ्ने कि नपढ्ने ? लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । 

free-student-movement-2080-04-19 (1).jpg
free-student-movement-2080-04-19 (2).jpg
free-student-movement-2080-04-19 (3).jpg
free-student-movement-2080-04-19 (4).jpg
free-student-movement-2080-04-19 (5).jpg
free-student-movement-2080-04-19 (6).jpg
free-student-movement-2080-04-19 (7).jpg
free-student-movement-2080-04-19 (8).jpg
free-student-movement-2080-04-19 (9).jpg
free-student-movement-2080-04-19 (10).jpg
free-student-movement-2080-04-19 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ