arrow

आँखा पाक्ने रोग बढ्दा सबै विद्यालय एक साताका लागि बन्द 

logo
निरञ्जन साह,
प्रकाशित २०८० साउन १९ शुक्रबार
eye-projct.jpg
तस्बिर – फाइल ।

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाका विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु आइतबारदेखि एक साताको लागि बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले बताए ।

जनकपुरधाम उपमहानगरमा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय तथा शिक्षण संस्थाहरु एक साताका लागि बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी सूचनामा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ