arrow

सभामुख घिमिरेसहित शीर्ष नेताहरु सदनको गतिरोध अन्त्यका लागि बैठकमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
sabhamukh-prachanda-deuba-oli-meeting-2080-04-22.jpg

काठमाडौँ । संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको आह्वानमा शीर्षनेताहरुको बैठक बसिरहेको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमm दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालले अध्यक्ष केपी शर्मा ओलीसहित उक्त दलका प्रमुख सचेतकसमेत सहभागी छन् । 

१० साउनमा बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुईवटा बैठक सूचना टाँसेर स्थगित भएको छ ।

सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए । तर, सदनको गतिरोध अन्त्य हुन नसकेपछि सोमबार शीर्षनेताहरुको बैठक सभामुख घिमिरेले राखेका हुन् । 

सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा र दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी राष्ट्रिय सभा बैठक बोलाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ