arrow

शीर्ष दलको बैठक निष्कर्षविहीन, संसद सोमबार सम्मका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
speaker-meeting-2080-02-22b.jpg

काठमाडौँ । सभामुखको ठूलो दौडधूप र प्रयासबीच पनि आजको प्रतिनिधि सभा बैठक बस्न सकेन । सभामुख देवराज घिमिरेले दुई पटक गरेको प्रयास निरर्थक भएको हो । 

अपरान्ह सिंहदरबारमा बसेको बैठकले ३ः३० बजे फेरि बैठक बसेर समाधान निकाल्ने भने पनि दोस्रो पटक बसेको बैठकमा पनि सहमति नजुटेपछि प्रतिनिधि सभाको अपरान्ह ४ बजेका लागि सारिएको बैठक सूचना टाँसेर स्थगित गर्नुपरेको थियो । 

सभामुख घिमिरेले सोमबार दिउँसो ३ बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन् । यसअघि बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । 

गत साउन १० गतेदेखि नेकपा एमालेले सय किलो अवैध सुन प्रकरणको छानबिन गर्न उच्च स्तरीय समिति नबनाएसम्म संसद बैठक चल्न नदिने बताएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ