रेल दुर्घटनामा मत्यु हुनेको संख्या ३४ पुग्यो (भिडियो)
१०० भन्दा बढी घाइते
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
754
Shares
काठमाडौं । पाकिस्तानको हजारा एक्सप्रेस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा ३४ पुगेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा ३४ पुगेको पाकिस्तानी प्रहरीले बताएको छ ।
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार हजारा एक्सप्रेस दुर्घटनामा परेको थियो । हजारा एक्सप्रेसमा एक हजार भन्दा बढी यात्रुहरू सवार थिए।
काँचीबाट देशको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गरेको रेल नहरको पुल पार गर्ने क्रममा १६ देखि १७ वटा डिब्बा रहेको हजारा एक्सप्रेस रेल लिकबाट तल खसेको थियो ।
रेलका कम्तीमा १० वटा डिब्बा लिकबाट खस्दा भएको उक्त दुर्घटनामा कम्तीमा १०० भन्दा बढी घाइते भएका छन् ।