नेवीसंघको तदर्थ समितिमा सात सय १० सदस्य थपिए, कुन जिल्लामा को को ? [सूचीसहित]
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
1.8k
Shares
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेवीसंघ) को तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा सोमबार सात सय १० सदस्य मनोनयन गरेका हुन् ।
सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी नेविसङ्घमा सदस्य थप गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापति देउवाले विसं २०७८ चैत ९ गते नेवीसङ्घको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए ।