arrow

ल्हारक्याल लामा नियुक्तिलाई लिएर प्रचण्डमाथि खनिए विश्वप्रकाश, भने- कांग्रेसले स्वामित्व बोक्दैन (भिडियो)

ल्हारक्यालको नियुक्तिमा कांग्रेसको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
bishwapraksh-lekpa.JPG

काठमाडौं ।  विवादास्पद छविका ल्हारक्याल लामालाई प्रचण्ड नेतृत्वको सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरेपछि सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नबोक्ने कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । 

उनले विवादास्पद छविका लामाको नियुक्तिप्रति नेपाली कांग्रेसको प्रस्ट विमति रहेको भन्दै सो निर्णयको स्वामित्व कांग्रेसले नलिने बताएका हुन् ।

सरकारको सो निर्णयप्रति नेपाली कांग्रेस पार्टीको आपत्ति रहेको उनले बताए । उनले भने,' लुम्बिनी विकास कोषको नेतृत्वमा जुन विवादास्पद व्यक्तिलाई ल्याएको विषयसँग नेपाली कांग्रेस पार्टीको संस्थागत रूपमा सहमति हुन सक्दैन । विमति छ । आपत्ति छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ