arrow

निश्चित नभएको संसद बैठकमा यस्तो छ कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
Parliament_building.png
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्ने कार्यसूची रहेको छ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । 

उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन । 

साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको सूचनाहरु सभाको स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तो कार्यसूची साउन १० गतेदेखि बन्दै आएको भए पनि अहिलेसम्म संसद चालु हुन सकेको छैन । 

अवैध सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउनु पर्ने एमालेको बटमलाइन रहेपछि संसद बैठक अवरुद्ध हुँदै आएको छ । अहिलेसम्म सरकारले यसमा कुनै सम्बोधन गरेको छैन । 

यसकारण आज पनि बैठक बस्ने निश्चित छैन । यद्यपि बैठक निरन्तर गर्ने सम्बन्धमा आज पनि शीर्ष दलका नेताहरु छलफलमा जुटेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ