arrow

पहिरोले घर बगाउँदा एक जनाको मृत्यु, छ बेपत्ता

logo
रविन्द्र गौतम,
प्रकाशित २०८० साउन २३ मंगलबार
makwanpur-flood-2080-o4-23.jpg

मकवानपुर । काभ्रेको खानीखोला गाउँपालिका ५ मा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन् ।

गए रातिदेखि लगातार परेको वर्षासँगै आएको भल/पहिरोले सिक्रे दोभानस्थित अक्कलबहादुर स्यांतानको घर बगाउँदा स्यांतानकी श्रीमती सन्त माया स्यांतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

५५ वर्षीया स्यांतानलाई उद्धार गरी स्थानीयले मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै पहिरोमा परी ६ जना बेपत्ता भएका छन् बेपत्ता हुनेमा अक्कलबहादुर स्यांतान उनका २२ वर्षकी छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, ४ वर्षीय नाति मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना आएका सिन्धुली हरिहरपुर १ कोकटी बस्ने पासाङ घिसिङ रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाहरूको स्थानीय र प्रहरीको सहयोगमा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ