arrow

घरसँगै बगे सात जना (भिडियो)

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० साउन २३ मंगलबार
khanikola-pahiro.JPG

काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका ५ मा अक्कलबहादुर स्यांतानको घर पहिरोले बगाएसँगै खोजी कार्य जारी छ ।  

पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन् । सिक्रे दोभानका स्यांतानको घर बगाउँदा स्यांतानकी श्रीमती सन्त माया स्यांतानको मृत्यु भएको छ । 

बेपत्ता हुनेमा अक्कल बहादुर स्यांतानका २२ वर्षकी छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, ४ वर्षीय नाति मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना आएका सिन्धुली हरिहरपुर १ कोकटी बस्ने पासाङ घिसिङ रहेको प्रहरीले जनाएको छ ।

सिक्रेदोभान घटना उद्धारको लागि हेटौँडाबाट नेपाल आर्मी र सशस्त्रको टोली  घटनास्थलमा पुगेको काभ्रेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर तामाङले  बताए । 

बेपत्ताको खोजी र अन्य उद्धार कार्यमा वडाध्यक्षसहित आर्मी र सशस्त्रको टोली जुटेका छन् । अध्यक्ष तामाङले सम्पूर्ण खानीखोलाको नागरिकलाई पनि उद्धारमा जुट्न आह्वान गरेका छन् । 

रातिबाट बेपत्ता भएका उनीहरूको खोजी कार्य भए पनि अहिलेसम्म भेटिएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ