arrow

संसदीय समितिमा भाग मिलेर संसद खुलेको त होला नि ? – रवि लामिछाने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
ravi-lamichhane-2080-04-23.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले संसदीय समितिको सभापतिको भागबण्डा मिलेपछि नै संसद खुलेको त होला नि ? भन्दै प्रश्न गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमाले संसद खोल्न राजी हुनुमा एमालेले संसदीय समितिमा भागबण्डा मिलेरै संसद खोल्न राजी भएको हो कि ? भनी प्रश्न गरेका हुन् । 

उनले आफ्नो पार्टी संसदीय समितिको भागबण्डा पनि नपरेको भन्दै अब प्रमुख प्रतिपक्ष भएको दाबीसमेत गरे । 

उनले शीर्ष दलका तीन नेताहरु बसेर संसद खोल्ने र नखोल्ने निर्णय गर्नु उपयुक्त नहुने भन्दै आइन्दादेखि संसद बस्ने सूचना टाँसेपछि कुनै पनि हालतमा बैठक बस्नुपर्नेमा जोड दिए । 

उनले सुनकाण्डमा सत्ताधारीकै नेता सहभागी भएको भनेपछि अनुसन्धान सुस्त पारिनु, नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई फितलो पारिनु, ललिता निवास जग्गा प्रकरणमा सहालवाला सचिव एयरपोर्टबाट च्याप्प समातिनु तर सर्वोच्चको आदेश आएकै अर्को दिन पूर्व प्रधानमन्त्री बाहिर कसरी जान पाए ? भन्दै प्रश्न गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ