- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा एमालेले संसद अवरुद्ध गरेसँगै प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको सभामुख देवराज घिमिरेले बताए ।
मंगलबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिइसकेपछि फेरि एमालेले संसद अवरुद्ध गरेको हो । उसले अवरुद्ध गरेपछि मंगलबारका सबै कार्यक्रम स्थगित गर्दै सभामुख घिमिरेले बैठक बुधबार दिउँसो १ बजेका लागि डाकेका हुन् ।
तर अब फेरि बुधबार बैठक बस्ने टुंगो भने लागेन ।
यसअघि दिउँसो बसेको शीर्ष दलको बैठकमा गृहमन्त्रीलाई संसदमा जवाफ दिन दिने गरी अवरुद्ध संसद खुलाइएको थियो । तर गृहमन्त्री श्रेष्ठले जवाफ दिएपछि फेरि एमालेले बैठक अवरुद्ध गरेको हो ।
एमालेले अवैध सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग लिएर संसद अवरुद्ध गरेको हो ।
एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।
गृहमन्त्री श्रेष्ठले जवाफ दिने क्रममा आधिकारिक अनुसन्धानको निकाय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबी भएको भन्दै उसले पाएको ३५ दिनमा अनुसन्धान सक्ने भएकाले त्यतिन्जेल पर्खन आग्रह गरेका थिए ।
उनले सो क्रममा यदि अनुसन्धान विश्वसनीय नभए छलफलबाटै उच्च स्तरीय समिति गठन गर्न सकिने आसय व्यक्त गरेका थिए ।