arrow

'यहाँ कहाँ छ लोकतन्त्र'

बोल्न पाइनन् उपसभामुखले, भनिन्- उप चुप भन्छन् जहिले पनि मलाई 

'मतुवालीको छोरी भएर हो की ?'

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
rana-bolna.JPG

काठमाडौं । उपसभामुख इन्दिरा रानाले देशमा सुशासन नभई कुशासन रहेको दाबी गरेकी छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुखले महिलाहरु साथै आफूलाई पनि बोल्न नदिएको गुनासो गरेकी छन् ।

उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी हुन् । उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो ? भन्दै प्रश्न समेत गरिन् ।

उनले भनिन्,' अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । कि म पनि मगर, मतुवालीको छोरी भएर हो की ?'

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ