arrow

संक्रामक तथा सरुवा रोग अस्पतालमा डायलासिस सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
lekhnath hospital.jpg

लेखनाथ । पोखरास्थित संक्रामक तथा सरुवा रोग अस्पतालले मिर्गाैला पीडित बिरामीका लागि डायलासिस सेवा सुरु गरेको छ । 

गण्डकी प्रदेशका मिर्गाैला रोगीलाई सहज सेवा दिने उद्देश्यले प्रदेश सरकारको सक्रियतामा सेवा आरम्भ गरिएको हो ।

गण्डकी प्रदेशका डायलाइसिस गर्नुपर्ने बिरामीले चर्को शुल्कमा निजी अस्पतालवाट सेवा लिन बाध्य थिए । 

अब यो अस्पतालमा उनीहरुले सित्तैमा सेवा पाउने छन् । तीन मेसिनबाट दैनिक १२ जनालाई सेवा दिन थालिएको छ । 

पहिलो चरणमा परीक्षण स्वरुप साउन २२ गतेदेखि प्रत्येक दिन तीन बिरामीलाई सेवा दिइएको डा सन्दीप ओझाले जानकारी दिए ।

नयाँ मेसिन र नयाँ प्रविधिबाट सित्तैमा सेवा पाएपछि भीमबहादुर गुरुङ, सरस्वती पराजुली र मोतीलाल गुरुङले राहत मिलेको प्रतिक्रिया दिएका छन् । 

सेवा औपचारिक रुपमा सुरु नभए पनि पहिलो चरणमा दैनिक तीन बिरामीको उपचार गर्दै जाने र परीक्षण अवधिपछि फुल फेजमा मेसिनहरु सञ्चालनमा ल्याइने अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ