arrow

ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
global-ime-bank1.jpg
तस्बिर : फाइल

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क सबै भन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैङ्कहरूको सूचिको पहिलो नम्बरमा परेको छ। आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैङ्क पहिलो नम्बरमा परेको हो।

अर्थ मन्त्रालयको स्रोतअनुसार ग्लोबल आइएमई बैङ्कले गत आवमा पाँच अर्ब ४३ करोड रुपियाँ कर दाखिला गरेको छ। यो कर बैङ्कले वर्षभरि विभिन्न शीर्षकमा तिरेको सबै करको योग हो।

ग्लोबल आइएमई बैङ्कले गएको आवमा सात अर्ब २५ करोड रुपियाँ खुद नाफा गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो।

बैङ्कले अघिल्लो आव २०७८/७९ मा तीन अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो। २१ वटा बैक तथा वित्तीय संस्थाहरू मिलेर बनेको ग्लोबल आइएमई बैङ्क चुक्ता पुँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैङ्क हो।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैङ्कको सञ्चालक समितिको अध्यक्ष छन् भने बैङ्कको सीईओमा रत्नराज बज्राचार्य छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ