arrow

गदर २ को ओपनिङ ४० करोडको 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
gadar2.jpg

मुम्बई । सन्नि देओलको गदर २ ले पहिलो दिनमै धमाका मच्चाएको छ । हिजो अगस्ट ११ मा रिलिज भएको यो फिल्मको सर्वत्र चर्चा छ । 

गदरका फ्यानहरू यसको सिक्वेललाई लिएर निकै उत्साहित भएका छन् । अहिले फिल्मको दोस्रो भाग रिलिज भएसँगै यसले पनि निकै माया पाइरहेको छ । 

फिल्मलाइ दर्शकहरूले अत्यधिक रूचाएपछि दबंग स्टार सलमान खानले पनि सो चलचित्रको तारिफ गर्न छोडेनन् । उनले सामाजिक सञ्जालमा गदर २ को बारेमा पोस्ट गरेका छन् । 

गदर २ को पोस्टर सेयर गर्दै सलमान खानले लेखेका छन्, ‘ढाई किलोका हात ४० करोडको ओपनिङ बराबर । सन्नि पाजी गजब। गदर २ को सम्पूर्ण टिमलाई बधाई छ।’

फिल्म गदर २ को बारेमा कुरा गर्दा रिपोर्टका अनुसार फिल्मले पहिलो दिन ४० देखि ४५ करोड सम्मको कमाई गरेको छ । पहिलो दिन मै फिल्मले बक्स अफिसमा धमाका मच्चाएको छ । तर, फिल्मले पहिलो दिन कति कमाइ गरेको छ भन्ने आधिकारिक तथ्यांक भने सार्वजनिक गरिएको छैन ।

फिल्मको स्टारकास्टको कुरा गर्दा सीन्न देओल बाहेक यसमा अमिषा पटेल, उत्कर्ष शर्मा, सिमरन कौर र मनिष वाधवा जस्ता कलाकार छन् । यो सन्नि देओल र अमिषा पटेलको २००१ मा आएको फिल्म गदरः एक प्रेम कथाको सिक्वेल हो। 

गदर सर्वकालीन ब्लकबस्टर बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ