arrow

प्रेस युनियन बाँकेमा प्रियाको प्यानल निर्वाचित

logo
सौरभ गिरी,
प्रकाशित २०८० साउन २८ आइतबार
press-union-banke.jpg

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा प्रियास्मृति ढकाल निर्वाचित भएका छन् । नेपालगञ्जमा सम्पन्न प्रेस युनियनको १२औँ जिल्ला अधिवेशनबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी चेतकान्त भट्टराईलाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । ढकाल ९६ मतका साथ विजयी हुँदा भट्टराईले ४८ मत मात्र पाए ।

उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष (महिला) निशा शाह, सचिव भीष्म लोध, सहसचिव माया अधिकारी र कोषाध्यक्षमा खडकबहादुर खत्री निर्वाचित भएका छन् । 

त्यसैगरी सदस्यहरुमा रामप्रसाद आचार्य, विक्रम बुढा क्षेत्री, समीर शाही, मार्शलराज सन्ज्याल, अनिल गौतम, आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, रवि कनोजिया, सलामत अली शेष, प्रेमसिंह एसके र सुकराम चिडिमार निर्वाचित भएका छन्  ।

उपाध्यक्ष खत्री, सहसचिव अधिकारी तथा मधेसी सदस्यद्वय गुप्ता र कनोजिया निर्विरोध हुँदा अन्य सबै निर्वाचन प्रक्रियाबाट चुनिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ