arrow

साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
pashupatisaa.JPG

काठमाडौं । साउन महिनाको अन्तिम सोमवार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । यस वर्षको साउनको अन्तिम सोमवार आज पशुपतिनाथसहित देशभरका शिवालयहरूमा दर्शनार्थी भक्तजनहरूको घुइँचो छ । 

यस वर्ष साउनमा ५ वटा सोमवार परेको थियो । पशुपतिनाथ मन्दिरमा भक्तजनहरू बेलपत्र, फलफूल हातमा बोकेर दर्शनका लागि लाइनमा बसेको देख्न सकिन्छ । साउन महिना र सोमवार भगवान् शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गर्छ । 

साउनको सोमवार व्रत बसेर महादेवको पूजा-आराधना गरे मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ । भक्तजनहरूले पशुपतिनाथमा भजन कीर्तनसहित नाचगान समेत गरेका छन् । 

विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले साउनमा महादेवको व्रत बस्ने गर्दछन् । साउनको पहिलो सोमवारदेखि नै व्रत बसी शिवको पूजा-आराधना गर्नेहरूले आज गोदान, पूर्ण पात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्दछन् । 

साउनको अन्तिम सोमवार आज बिहानैदेखि सुन्दरी जलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ