arrow

नेयमार पनि छाडे पीएसजी, साउदी क्लबमा सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
neymar-goal-qatar-worldcup.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ब्राजिलियन फुटबल स्टार नेयमारले पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका छन् । यसअघि अर्जेन्टाइन स्टार लियोनल मेस्सीले पीएसजी छाडेका थिए । 

नेयमार पीएसजी छाडेर साउदी प्रो लिग क्लब अल हिलालसँग आबद्ध भएका छन् । उनले हिलालसँग दुई वर्षको सम्झौता गरेका छन् । पीएसजी छोड्ने निश्चित भएपछि अल हिलालले दिएको प्रस्तावलाई नेयमारले स्वीकार गरेका हुन् ।

हिलालले नेयमारका लागि ९० मिलियन युरो तिरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उनी सन् २०२५ को जुन ३० सम्म अल हिलालमा रहने भएका छन् । 

त्यस्तै अल हिलालले नेयमारलाई वार्षिक करिब ८० मिलियन युरो पारिश्रमिक प्रस्ताव गरेको बताइएको छ । उनले पीएसजीमा वार्षिक करिब २५ मिलियन युरो पारिश्रमिक लिने गरेका थिए । 

अल हिलालले नेयमारलाई यसै साता आफ्ना फ्यानहरु समक्ष प्रस्तुत गर्ने भएको छ । 

उनले अल हिलालमा जर्सी नम्बर १० नै लगाएर खेल्ने भएका छन् ।  

सन् २०१७ मा २२० मिलियन युरोमा पीएसजी गएका नेयमार शुरुदेखि नै क्लबमा असहज महसुस गरेका थिए ।

नेयमार लगातारको इन्जुरीका कारण पनि पीएसजीमा पूरा समय खेल्न सकेका थिएनन् । 

नेयमारले पीएसजीमा १७३ खेलमा ११८ गोल गरेका थिए । जसमा ३ लिग वान, ३ फ्रेन्च सुपर कप, ३ कोपा डे फ्रान्स, २ फ्रान्स लिग कप जितेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ