arrow

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन हुँदा अखिलले गर्‍यो आयल निगम घेराउ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
akhil-krantikari-2080-04-31 (10).jpg

काठमाडौँ । अखिल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ । पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरिएको भन्दै क्रान्तिकारीले विरोध प्रदर्शन गरेको हो । 

निगमले गत महिनादेखि स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्न थालेको छ । जसअनुसार भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्छ । 

जसअनुसार मूल्य बढेर आए नेपालमा पनि बढ्नेछ भने घटेर आए नेपालमा पनि घट्ने छ । सोही अनुसार गत १५ दिनअघि एलपीजी ग्यासमा प्रतिसिलिन्डर एकैपटक १३० रुपैयाँ घटेको थियो । 

यसपालि भारतबाट मूल्य बढेर आएसँगै डिजेल, पेट्रोल, मट्टितेलमा बढेको छ भने ग्यासको मूल्य फेरि पनि घटेर १ हजार ६६० रुपैयाँ पुगेको छ । 

मूल्य बढेसँगै उपत्यकामा पेट्रोल प्रतिलिटर १७७ तथा डिजेल र मट्टितेल समान १६७ रुपैयाँ पुगेको छ । देशभर फरक फरक हुने हुनाले दुईदेखि तीन रुपैयाँ मूल्य फरक पर्न जान्छ । 

सोही अनुसार मूल्य समायोजन हुँदा भने क्रान्तिकारीले विरोध गरेको हो ।  

akhil-krantikari-2080-04-31 (1).jpg
akhil-krantikari-2080-04-31 (2).jpg
akhil-krantikari-2080-04-31 (3).jpg
akhil-krantikari-2080-04-31 (4).jpg
akhil-krantikari-2080-04-31 (5).jpg
akhil-krantikari-2080-04-31 (6).jpg
akhil-krantikari-2080-04-31 (7).jpg
akhil-krantikari-2080-04-31 (8).jpg
akhil-krantikari-2080-04-31 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ