नेपालमा सामाजिक सुरक्षाको दायराबाट अब कोही पनि बाहिर हुने छैनन् : प्रधानन्त्री [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
949
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोहीपनि बाहिर नहुने बताएका छन् ।
बुधवार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले अब कोही पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर नहुने बताएका हुन्।
उनले विदेशिक रोजगारीमा रहेका श्रमिकहरु समेत सामाजिक सुरक्षाको दायरामा आएका उल्लेख गरे ।
उनले अनौपचारिक क्षेत्रका झन्डै ४० देखि ५० लाखसम्मका श्रमिकहरु र मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागि गराइने बताए ।