arrow

‘सुनील शर्मालाई छोयौ भने प्रधानमन्त्रीलाई कालोमोसो दल्छौँ’

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
subash-pokhrel-pawan-karki.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा. सुनील शर्मालाई कालोमोसो दल्न आह्वान गर्ने माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का संयोजक पवन कार्कीलाई उच्छृङ्खल गतिविधि नगर्न नेपाली कांग्रेसका नेता सुवास पोख्रेलले चेतावनी दिएका छन् । 

अखिल (क्रान्तिकारी) का संयोजक कार्कीले सांसद शर्मालाई कालोमोसो दल्ने अभिव्यक्ति दिएपछि कांग्रेस नेता पोख्रेलले यस्तो चेतावनी दिएका हुन् । कार्कीले सांसद शर्मालाई कालोमोसो दल्ने भनेर गैरकानूनी अभिव्यक्ति दिएको भन्दै नेता पोख्रेलले सांसद शर्मामाथि कालोमोसो दलिए त्यही दिन प्रधानमन्त्रीलाई पनि कालोमोसो दल्ने चेतावनी दिए । 

‘उहाँहरु अझै पनि जंगलकै धङ्धङीमा हुनुहुन्छ, यो लोकतन्त्र हो, कानून विपरीतको काम गर्ने छुट कसैलाई पनि छैन, एउटा सांसदलाई कालोमोसो दल्छु भनेर गैरकानूनी कुरा गर्न मिल्छ ?,’ एक राष्ट्रिय टेलिभिजनको अन्तर्वार्तामा बोल्दै नेता पोख्रेलले भने, ‘गतल काम नगर्न हामी आग्रह गर्छाँै, यदि सुनील शर्मालाई कालोमोसो दलियो भने हामी त्यही दिन प्रधानमन्त्रीलाई कालोमोसो दल्छौँ ।’

    केही दिनअघि सदनमा सांसद शर्माले आफूलाई आतङ्ककारी शैलीमा पक्राउ गरिएको अभिव्यक्ति दिदैँ गृहमन्त्री र प्रधानमन्त्रीले आतङ्ककारी सरकारको कि लोकतान्त्रिक सरकारको नेतृत्व गरेको ? भन्दै प्रश्न गरेका थिए । 

त्यसपछि माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का संयोजक कार्कीले प्रधानमन्त्री र गृहमन्त्रीलाई सांसद शर्माले आतङ्ककारी भनेको भन्दै प्रेस विज्ञप्ति जारी गरेर सांसद शर्मालाई सार्वजनिक रुपमा बहिष्कार गर्न आह्वान गरे । उनले सांसद शर्मालाई कालोमोसो दल्न फेसबुकमार्फत पनि आह्वान गरेका थिए ।

संयोजक कार्कीलाई कारबाही गर्न सांसद शर्माको माग
आफूलाई कालोमोसो दल्न आह्वान गर्ने माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का संयोजक पवन कार्कीलाई कारबाही गर्न सांसद डा. सुनील शर्माले माग गरेका छन् । कानूनी राज्यमा कालोमोसो दल्न खुलमखुला आह्वान गर्ने कार्कीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न सांसद शर्माले माग गरेका हुन् ।

    जथाभावी गर्ने छुट कसैलाई पनि नभएको भन्दै सांसद शर्माले गैरकानूनी हर्कत गर्ने कार्कीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे । माओवादी केन्द्रले नै आफ्ना विरुद्धमा विद्यार्थी संगठन परिचालन गरेको सांसद शर्माको ठम्याइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ