- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडी बढाउने बताएका छन्। शुक्रबार नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिक उत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रियालाई अगाडी बढाइने बताएका हुन् ।
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा कुनै ‘मेघा प्रोजेक्ट’ अगाडी बढाउने सपना देखेको उल्लेख गर्दै सोही सपनाको रूपमा कर्णाली चिसापानी जलविद्युत आयोजनालाई लिएको बताए । उनले सो आयोजनाको ठोस रूपमा अध्ययन प्रक्रिया अगाडी बढाइएको बताए ।
त्यसै गरी १२ सय मेगावाट क्षमताको बुढी गण्डकी जलाशययुक्त परियोजना पनि अगाडी बढाउने सोच र योजनाका साथ सरकार लागिपरेको बताए । प्रधानमन्त्री दाहालले आन्तरिक विद्युत् खपतको वृद्धि गर्दै र विद्युत् निर्यातका लागि स्पष्ट लक्ष्यका साथ अगाडी बढिरहेको बताए ।
प्रधानमन्त्री दाहालले सरकारले ऊर्जा संरचनाको निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले सरकारले नयाँ विद्युत् ऐन र अन्य आवश्यक नीति, निर्देशिका ल्याउन कुनै कसर बाँकी नराख्ने पनि स्पष्ट पारे । उनले नेपालले ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमा पनि ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको बताए । उनले ग्रिन हाइड्रोजन सम्बन्धी नीति जारी गर्ने पनि जानकारी दिए ।