arrow

वडाध्यक्षले गरे आत्महत्या, लेखे यस्तो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २ शनिबार
mohan-ghimire-ward-president-suicide.jpg

तम्घास । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन् । मृत अवस्थामा फेला परेका उनले आत्महत्या गरेका हुन् । 

शुक्रबार घरबाट निस्किएर रातभर घर नफर्किएका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

प्रहरीले छानबिन गरिरहेको छ । प्रारम्भिक अनुसन्धानले उनको यो आत्महत्या भने पनि अनुसन्धान जारी छ ।

उनले आत्महत्या गर्नु अघि फेसबुकमा स्टाटस पनि लेखेका थिए । 

यस्तो छ फेसबुक स्टाटस –

‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता साथ निभाउन सकेन । मलाई माफ गरे ।  घर परिवार, साथीभाइ शुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ