arrow

रूसी आक्रमणको राष्ट्रसंघद्वारा निन्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
united-nations.jpg

काठमाडौं ।  युक्रेनका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय समन्वयकले चेर्निहिभको शहरको केन्द्रमा शनिबार भएको  रूसी क्षेप्यास्त्र आक्रमणलाई ‘जघन्य’ भन्दै आक्रमणको निन्दा गरेका छन् । 

आक्रमणमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएको जनाइएको छ । 

शनिबार बिहान चेर्निहिभको केन्द्रमा रहेको नाट्यशालामा आक्रमण भएको थियो । 

युक्रेनका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय संयोजक डेनिस ब्राउनले एक अनलाइन वक्तव्यमा भन्नुभएको छ, “एउटा ठूलो सहरको मुख्य चोकमा आक्रमण गर्नु ‘जघन्य’ अपराध हो किनकि केही मानिसहरू बिहान हिँडडुल गरिरहेका हुन्छन् भने धेरै युक्रेनीहरू यो समयमा प्रार्थनाका लागि चर्चमा जान्छन् ।” 

“युक्रेनको जनघनत्व भएको क्षेत्रमा रूसी आक्रमणको बारम्बारको प्रवृत्तिको म भत्र्सना गर्दछु । यसले मृत्यु, व्यापक विनाश र बढ्दो मानवीय सहयोगका लागि आश्रित हुने कुरालाई बढावा दिन्छ ।” 

उनले भनिन्, “अन्तर्राष्ट्रिय मानवीय कानुनले वस्ती वा नागरिकमाथि हुने आक्रमणलाई कडाइका साथ निषेध गरेको छ । यो बन्द हुनैपर्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ