arrow

झरना देखाएरै २८ लाख राजस्व संकलन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
jalbirey-jharna.jpg

भरतपुर । जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ । 

यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गर्छन् । पूर्वाधार निर्माणपछि पर्यटकको चहलपहल बढेको सो झरना पछिल्लो समय गाउँपालिकाको चिनारीसमेत बन्दै गइरहेको छ ।

झरना गाउँपालिकाका लागि आम्दानीको स्रोतसमेत बनेको छ । झरना देखाएर गाउँपालिकाले आर्थिक वर्ष २०७९-८० मा रु २८ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । यहाँ प्रवेश गर्ने पर्यटकबाट रु ५० शुल्क लिने गरिएको छ । स्थानीय र विद्यार्थीलाई रु २० लिने गरेको गाउँपालिकाले जनाएको छ ।
 
यहाँ झरनासँगै अन्य पर्यटकीय गतिविधि पनि हुने गरेका छन् । क्यानोनिङ (छाँगावरोहण) र क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र बाहिरी देशका समेत पर्यटक यहाँ आउने गरेका छन् । विदेशीका लागि क्यानोनिङ प्रतिव्यक्ति रु पाँच सय, वनभोजको रु एक हजारदेखि तीन हजारसम्म र फिल्म सुटिङको रु तीन हजारदेखि पाँच हजारसम्म लिने गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ