arrow

सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
ingden-rajendra.jpg

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङदेनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताएका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा सहभागी भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले सरकार र प्रतिपक्षबीच छलफल सकारात्मक भएको बताए । उनले सोमवार पुनः सर्वदलीय बैठक बस्ने र संसद अवरोध अन्त्य गर्ने निष्कर्ष निस्किने बताए । उनले सरकार पक्ष पनि लचिलो हुने र प्रमुख प्रतिपक्ष पनि लचिलो भएर जाने कुरा सहमति नजिक पुगेको भन्दै अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय संयन्त्र बन्न सक्ने बताए ।

उनले भने, ‘संसद अवरुद्ध अटाउने सम्बन्धमा प्रधानमन्त्रीले आज सर्वदलीय बैठक बोलाउनु भयो । छलफल सहमतिको नजिक पुगेको छ । भोलि फेरि बैठक बस्छ र संसद्को अवरोधको अन्त्य गर्ने निष्कर्ष निस्किन्छ । बीचको बाटो निकाल्ने भन्ने छ । सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको छ । अहिले भइरहेको अनुसन्धान पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गरेर जाने बाटो हुनसक्छ ।’



नयाँ