arrow

किन बयान नलिइ फर्कायो सीआईबीले पूर्वमन्त्री जोशीलाई ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
chandradev-joshi-2080.jpg

काठमाडौँ । बालुवाटारको ललिता निवास जग्गाबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयानका लागि बोलाएर पूर्वमन्त्री चन्द्रदेव जोशीलाई बयान नलिइ फर्काएको छ । 

बयानका लागि सोमबार उनी सीआईबी कार्यालय पुगेका थिए । तर सीआईबीले बयान नलिई फर्काएको जोशीले बताएका छन् । 

उनले भने, ‘‘पहिलोपटक सीआईबी प्रमुख आफैँले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरि अहिले नआउनु भनी खबर आयो । आज फेरि बोलाए बमोजिम सवा १ बजे सीआईबी कार्यालय पुगेको थिएँ । तर बयान नलिइ फेरि बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँइन ।’  

पूर्व प्रधानमन्त्रीहरुलाई बयान लिन उनीहरुकै घरमा पुगेको सीआईबीको टोलीले भने वृद्ध पूर्वमन्त्रीलाई कार्यालयमा बोलाएरसमेत बिना कुनै बयान फर्काएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ