arrow

के छ माधव नेपालको ३९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ? [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
ncp-united-2080-05-05.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी सत्ता गठबन्धन र समाजवादी मोर्चाबाट बाहिर निस्कने अवस्था नरहेको भन्दै सोही बमोजिम अगाडि बढ्न आग्रह गरेका छन् । 

नेकपा एसको आजबाट शुरु भएको केन्द्रीय कमिटीको छैटौँ बैठकमा ३९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी सम्मिलित गठबन्धनको बचाउ गरेका हुन् । 

सो क्रममा उनले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाजस्ता शक्तिको आलोचनासमेत गरेका छन् । 

उनले यसअघिदेखि बारम्बार भन्दै आएको ‘एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भएको’ वाक्यांशलाई यो राजनीतिक प्रतिवेदनमा पनि विशेष जोड दिएर उठाएका छन् । 

सम्मानित नेता झलनाथ खनालले भने नेता नेपालको विरुद्धमा विचार राख्दै आएका छन् । उनले मोर्चाको आवश्यकता नभएको भन्दै आएका छन् । उनी एमालेतिर लहसिने अभिव्यक्ति दिँदै आएका छन् । 

नेकपा एसको बैठक तीन दिन बस्नेछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ