- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । २०७२ सालको गोरखा भूकम्पबाट पूर्ण रूपमा क्षति पुगेको बबरमहल शालिकरामको काम अन्तिम चरणमा पुगेको छ । बबरमहल लण्डनको बकिङघम दरबारको स्वरूपमा विसं १९७० सालमा चन्द्र सम्शेरले आफ्नो छोरा बबरसम्शेर राणाको निम्ति बनाएका थिए ।
सात हेक्टर जग्गाभित्र रहेको उक्त दरबारको आन्तरिक साजसज्जामा बेलायती शैलीको प्रभाव परेको पाइन्छ ।
१९९० सालको भूकम्पपछि १९९१ मा त्यस दरबारको जीर्णोद्धार गरिएको थियो । त्यहाँ हाल सडक विभाग रहेको छ ।
सबलीकरणपछि चिटिक्क भएको सो बबरमहलमा सडक विभाग, महालेखा र निर्वाचन आयोगले आफ्नो कार्यालय राख्नको लागि प्रक्रिया अगाडि बढाएको छ । तस्बिर –नेपाल फोटो लाइब्रेरी