arrow

सुन प्रकरणका बिचौलीको सूचना मसँग छ : रवि लामिछाने [भिडियो]

सरकार गैर कानूनी बाटोमा लागेको आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
rabilamichanne-gold.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय छानबिन समितिले गर्ने छानबिनमाथि शङ्का व्यक्त गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

सुन प्रकरणमा सत्तारढ दलका नेताको नाम आउने बित्तिकै सुस्तायो उनले भने - के सरकारले भन्न खोजेको सुशासन यही हो ? 

 ६० किलो बढी सुन प्रकरणका केही बिचौलीको सूचना आफूसँग पनि रहेको बताएका छन्।सरकारको बहालवाला महानिर्देशक नै अहिले समातिएका अभियुक्तसँग सम्पर्कमा रहेकोसमेत लामिछानेले बताए । 

सभापति लामिछानेले फरेन्सिक ल्याबबाट सुन प्रकरणमा पक्राउ परेका दावा लामाको फोन रेकर्ड संसदीय समिति र सांसदले हेर्न पाउनुपर्ने माग गरे ।  

उनले  सीआईबीको अनुसन्धानलाई विश्वास नगर्ने भन्ने कुरै नहुने बताए। सिआइबीको अनुसन्धान प्रभावित हुने हो कि भन्ने शङ्का रहेको उनले बताए।

उनले सरकार गैर कानूनी बाटोमा लागेकोसमेत आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ