arrow

प्रचण्ड र माधवमाथि केपीको संगीन आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
kp-sharma-oli-news-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि गम्भीर आरोप लगाएका छन् । 

बिहीबार भक्तपुरको कौशलटारमा आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री नेपालमाथि साम्प्रदायिक हिंसा भड्काउन खोजेको गम्भीर आरोप लगाएका हुन् ।

कोशी प्रदेशमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालले जनजातिहरु भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको ओलीको आरोप छ । 

‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन्,’ उनले भने, ‘उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरु उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल ।’ 

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपाल नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेको उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ