arrow

डेंगी भएसँगै खेलकुद मन्त्री लिम्बू अस्पताल भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
digbahadur-limbu-morang.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेङ्गी सङ्क्रमण भएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेङ्गी सङ्क्रमण देखिएपछि उपचारका लागि शनिबार मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएको उनका स्वकीयसचिव रोशन राईले जानकारी दिए । 

मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेङ्गी प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किएका थिए । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ । 

मन्त्री लिम्बूलाई भेट्न शनिबार साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका थिए । उनले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ